NRN
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ सञ्चार माध्यमले उनको बिहीबार मध्यरातमा हृदयघातबाट निधन भएको जनाएको छ।

एक दशक चीनको प्रधानमन्त्री रहेका उनले आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाएका थिए । राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ सीपीसीका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए । ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए ।

ली चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update