NRN
सबैको मन जितेका महेश….॥

- राजन घिमिरे

गणितीय हिसाबले एनआरएनएको अध्यक्ष पदको चुनाबमा महेश श्रेष्ठले कति मत ल्याए या उनको पक्षमा पल्लाभारी भयो कि भएन ? यतिबेला यसको चर्चा नगरौँ । तर मत दिने मतदाता र बिश्वभर छरिएर रहनु हुने प्रबासी नेपालीहरूको मन जितेका छन् यिनले ।

को हो अध्यक्ष ? यतिबेला लफडा , बिबाद र आरोप - प्रत्यारोप चलिरहेको अबस्थामा त्यो नाक खुम्च्याउने बिबादबाट टाढा रहेर महेश श्रेष्ठले यो चुनाबमा हात पारेको उचाई , जितेको मन र शिखरमा पुर्याएको साख कम गौरब गर्न लायकको छैन । उनको यो कार्यशैली , स्वभाव र सहनशिलताले आगामी बाटो अब महेश श्रेष्ठका लागि सहज र सरल हुने कुराप्रति ढुक्क हुन आनाकानी गरिरहनु पर्ने छैन ।

पदका लागि होइन , काम गर्न र अबसर हात पार्नकै लागि महेशले अध्यक्ष पदमा उम्मेदवारी दिएका रहेछन् भन्ने कुरा यतिबेला घामजस्तै छर्लगं भएको छ । त्यसैले त आज महेशलाई एउटा बर्ग , तह र तप्काले बिशिष्ट तरिकाले हेरेको छ । चुनाब जितेपछी नेपाल र नेपालीका लागि यसो गर्छु र उसो गर्छु भनेर चुनाबी नारा लगाउनेहरूको दाँजोमा त महेशले चुनाबमा नउठ्दा पनि धेरै गरेका थिए र अहिले पनि धेरै गरिरहेका छन् ।

जापानमा सिकेको सिपलाई नेपाल र नेपालीका लागि ट्रान्सफर गर्ने देखी जापानमा कमाएको रकमलाई नेपालको बिभिन्न क्षेत्रमा लगाएर नेपालीहरूलाई रोजगारी दिलाउने मामिलामा महेशले खेलेको भूमिकालाई कम आँकलन गर्न मिल्दैन । चुनाब जित्नु अगाडि देखी नै नेपाल र नेपालीप्रति समर्पित महेशले यदि चुनाबमा जितेका भए कति गर्थे होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

यतिबेला उनलाई मत नदिएर गलत गर्नेहरू पनि पछुताई रहेको समाचार बाहिरिंदा साँच्चै महेशले मन जितेको कुरा ध्रुव सत्य साबित भएको छ । चुनाबको परिणाम आएको भोलिपल्टै महेश आफ्ना पेशा र लगानी गरेको क्षेत्रतर्फ लागि सकेका छन् । मतदाताहरूलाई धन्यबाद दिँदै आफ्नो लगानी रहेको नेपाल र जापानको ब्यापार- ब्याबसायमा तल्लीन भैसकेका छन् ।

उनले जहाँ ब्यापार खोले , नेपालीहरूलाई नै प्राथमिकतामा राखे । गैर आबासीय नेपालीहरू माझ सबैलाई मिलाएर अगाडि बढ्ने अनि पद भन्दा पनि काम , कर्तब्य र सकारात्मक उद्देश्यप्रति लागि पर्ने ब्यक्ति र ब्यक्तित्वको रूपमा चिनिन्छन् महेश ।

बिशेषण जस्तै बिशेषता छ महेशको - ‘ सबैलाई मिलाउने महेश -‘ । सबैलाई समेटेर एक भएर अगाडि बढ्नु पर्छ, ब्यक्ति होइन संस्थाको हितमा लाग्नु पर्छ भन्ने मूल नारा र गन्तब्यका सिपाही हुन् महेश । जन्मभूमिप्रतिको जिम्मेवारीलाई यसरी पुरा गर्दै अगाडि बढेका उनि आत्तिने र हरेश खाने सामाजिक अभियन्ता होइनन् । जसको कुनै बिकल्प हुँदैन, बाटो हुँदैन अनि अप्सन हुँदैन । त्यो हो कराउने, चिच्याउने र एउटा केही भयो भने आकाश ने खसेजस्तो गरेर तितर बितर हुने । तर महेश श्रेष्ठ यस्ताहरू भित्र परेनन् र आफ्ना यात्रामा अगाडि बढी नै रहे र, बढी रहेका छन् पनि । गएको कुरामा टाउको दुखाउने र हार गुहार गरेर समय खेर फाल्नु भन्दा आगामी बाटो पहिल्याउन अगाडि बढ्नु पर्छ भन्ने सोच, उद्देश्य र गन्तब्य लिएर हिडेका महेशलाई उनको प्रतिश्पर्धामा आउनेहरूले भेट्न निकै मुश्किल पर्छ भन्दा अत्युक्ति नहोला…..॥

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update