NRN
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा

आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

विश्वकप क्रिकेटको एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ ।  ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ । समूह ‘ए’ मा नेपाल लगाएत मलेसिया, ओमन सिंगापुर छ भने समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ। समूह ‘ए’ का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा र समूह ‘बी’ का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।  

शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

यस्तो छ नेपाली टोली – कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी-२० सिरिज नखेलेपनि विश्वकप छनोट खेल भने खेल्ने भएका छन्।

नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update