हुम्लामा रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा डीएसपी निलम्बित
प्रहरी प्रमुखसमेत रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
डीएसपी भट्टराई यसअघि पनि यस्ता खाले हर्कत गरेर कारवाहीमा पर्दै आएका अधिकृत हुन् । मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि डिएसपी भट्टराइलाई गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।
डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् ।
२०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८० ११:३९
प्रतिक्रिया दिनुहोस्