टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।
नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।
सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० ११:१६
प्रतिक्रिया दिनुहोस्