NRN
रिगलविरुद्धको मुद्दा न्यायाधीशहरु खतिवडा, मल्ल र चुडालको इजलासमा

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफी मिनाहाविरुद्ध परेको रिट पूर्ण इजलासमा पेशी तोकिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको हो।

यसअघि प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकिएको थियो। तर, आधा बहसपछि प्रधानन्यायाधीश श्रेष्ठले आफूले हेर्न नमिल्ने भन्दै सरेको थियो। 

इजलासले नै मगलबारका लागि पेशी तोकेको थियो।

जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतन पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।

यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update