NRN
आठौं पटक पनि  मेसीलाई नै बालोन डी’ओर अवार्ड

अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि फ्रान्सको पेरिसमा सम्पन्न एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डी'ओर अवार्ड प्रदान गरिएको हो । 

अवार्डपछि मेसीले भने, ‘यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ।´ बालोन डी'ओरले वर्षको उत्कृष्ट फुटबलरलाई मान्यता दिन्छ र विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका छन्।

हाल अमेरिकन क्लब इन्टर मियमीमा आवद्ध रहेका मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए ।

यस्तै, स्पेनिस फुटबलर अइटाना बोनमाटीले महिलातर्फको बालोन डी’ओर अवार्ड हात पारिन् । स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन् ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update