NRN
स्वदेश फर्किए नेपालको चार दिने भ्रमण सकेर महासचिव एन्टोनियो गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । बुधबार बिहान महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले कतार एयरवेजको उडानमार्फत् महासचिव गुटेरेस न्युयोर्क फर्किएको जनाएको छ । गुटेरेसलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत विमानस्थल पुगेका थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनी पनि गएका थिए । त्यहाँ पुगेर उनले जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्ने, अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसंघले सघाउने लगायतका प्रतिवद्धता गरेका थिए।

महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update