NRN
बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्याे सुन, कतिमा हुँदैछ काराेबार ?

बुधबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन–चाँदीको मूल्य निर्धारण गरेकाे छ । उक्त निर्धारण गरेकाे मूल्य अनुसार नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लाे दिनकाे तुलनामा सुन बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update