बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा पाइन्छ ।
त्यस्तै, डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८५ रुपैयाँ तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६० पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ९० पैसा र बिक्रीमा २८ रुपैयाँ ०२ पैसा पाइन्छ ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८६ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ ।कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ ।