NRN
‘महाजात्रा’ को छायांकन सुरु, बिश्व प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लियो

- राजन घिमिरे

सुपरहिट चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको चलचित्र ‘महाजात्रा’ को छायांकन शुरू भएको छ । काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।

अब प्रदर्शनमा आउने नेपाली चलचित्रहरूको लहरमा महाजात्रालाई ज्यादै नै प्रतिक्षित र आशा गरिएको चलचित्रको रूपमा हेरिएको छ ।
 यो चलचित्र चैत ९ गतेदेखी नेपालसँगै बिदेशमा पनि एकसाथ प्रदर्शन हुने छ ।

चलचित्रको बिदेश प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । चलचित्रमा हरिबंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, शिशिर बाङ्देल, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । चलचित्रको छायांकन काठमाडौं र जनकपुरका विभिन्न स्थानमा हुने जानकारी दिइएको छ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update