NRN
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ?

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। पछिल्लो तीन दिन लगातार घटेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेर आज प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update