NRN
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कतारमार्फत हमाससँग कुरा गरेर नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधि सभा बैठकमा भने ।

महामन्त्री शर्माले झापाको काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारलाई आग्रह गर्दछु।’

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update