NRN
ओमानसँग नेपाल ५ रनले पराजित

टी–२० विश्वकप छनोट अन्तर्गत समूहगत चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएकाे हाे।

१४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए । आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।

२० औँ ओभरमा ओमानले बिलाल खानलाई बलिङ गर्ने जिम्मा दिएको थियो तर उनलाई विवेक यादवले सुरुका लगातार दुई बलमा छक्का प्रहार गरेका थिए ।

तेस्रो बल बिलालले वाइड फ्याँकेका थिए भने लगत्तैको बलमा विवेकले फेरी छक्का प्रहार गरेका थिए।

त्यसपछि नेपाललाई जितका लागि तीन बलमा ७ रन चाहिएको थियो। चौथो बलमा विवेक आउट भए।पाँचौँ बलमा नेपालले एक रन मात्र जोड्न सक्यो भने छैटौँ बलमा छक्का प्रहार गर्न खोज्दा करन केसी आउट भए।

ओमान समूह विजेता बनेको छ भने नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update