आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा
आईसीसी विश्वकप २०२३ अन्तर्गतको खेलमा भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको साे खेलमा श्रीलंकालाई ५५ रनमै अलआउट गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हाे । ७ खेलबाट १४ अंक भएको भारत तालिकाको शीर्ष ४ स्थानमा छ ।
३५८ रनको लक्ष्य पाएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा समेटिरएपछि श्रीलंका भारतसँग ३०२ रनले पराजित भयाे ।
श्रीलंकालाई सस्तोमा समेट्न भारतका मोहम्मद सामीले ५ र मोहम्मद सिराजले ३ विकेट लिए ।
जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट हात पारे। श्रीलंकाका ५ ब्याट्सम्यानले रन जोड्न सकेनन् । त्यसअघि भारतको पालीमा सुबमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० २२:११
प्रतिक्रिया दिनुहोस्