नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा शुक्रबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । महासंघले सार्वजनिक गरेकाे मूल्य अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको सुन आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। याे यो मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
त्यसैगरी, बिहीबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।