NRN
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० क्रिकेट विश्वकपका लागि नेपाल छनोट भएको छ । आज मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपालले १० वर्षपछि पुनः विश्वकप खेल्ने भएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update