भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने सरकारकाे निर्णय
जाजरकोट भूकम्पमा घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ ।
मन्त्रिपरिषद्काे आइतबार बसेको बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिए साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै भूकम्पका सबै घाइतेको नि:शुल्क उपचार गर्ने घोषणा गरेकोमा मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गरेको जानकारी समेत दिए।
त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिइने सरकारले निष्कर्ष निकालेको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ११:०४
प्रतिक्रिया दिनुहोस्