NRN
युरोपियन युरोसँगै बढ्यो पाउण्ड र अमेरिकी डलर मूल्य, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?

राष्ट्र बैंकले आइतबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ।

युरोपियन युरो अघिल्लो दिनको तुलनामा २८ पैसा बढेर आज एकको खरिदमा आज १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १७ पैसामा काराेबार भइरहेकाे छ । 

यस्तै, शुक्रबार एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको अमेरिकी डलर अघिल्लो दिनको तुलनामा ६ पैसा बढेर आज एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसामा पाइन्छ । 

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा  कायम गरिएको छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६३ रूपैयाँ १५ पैसा तोकिएको छ ।

शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७७ पैसा कायम गरिएको थियो ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १४ पैसा तोकिएको छ । आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २७ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update