NRN
टी-२० विश्वकप छनोट : ओमानले पायो १८५ रनको लक्ष्य

नेपालले आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटको फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । 

नेपालका लागि गुल्सन झाले सर्वाधिक २५ बलमा ५४ रन बनाए, जसमा ४ छक्का र ५ चौका समावेश थिए । कप्तान रोहित पौडेलले ३७ बलमा ५२ रन बनाए, जसमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, सन्दीप जोराले १० रन बनाए भने आशिफ शेखले ६ रन बनाए । करण केसीले ६ बलमा २० रन बनाए । कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाएर आउट भएका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । 

त्यसैगरी, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update