NRN
मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छ्न ।

शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणका लागि पुगेका थिए ।

जनकपुरधामस्थित सहिदद्वारमा सहिदहरुको तस्विरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराए ।

पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरेका छन् ।
प्रदेशमा सेवालाइ प्रभावकारी बनाउन विद्युतिय संजालसंग जोड्ने गरि इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो ।

यसका साथै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेश भित्र रहेका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्न निर्देशन दिएका हुन ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update