NRN
आलाडाले मनायो नोभेम्बर ५ मा अन्तराष्ट्रिय कृत्रिम हातखुट्टा दिवस

कृत्रिम हात खुट्टा तथा सहायक सामाग्री व्यवसायी संघ आलाडाले नोभेम्बर ५ मा दोस्रो अन्तराष्ट्रिय कृत्रिम हात खुट्टा दिवस मनाएकाे छ ।

आइतबार आलाडाले दोस्रो अन्तराष्ट्रिय कृत्रिम हात खुट्टा दिवसको अवसरमा नक्साल स्थित नारायणचौरमा कार्यक्रम आयोजना गरेको थियो । साे कार्यक्रममा वडा नं १ का वडाध्यक्षले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए ।

कृत्रिम हात खुट्टा तथा सहायक सामाग्री व्यवसायी संघ आलाडाका अध्यक्ष जेविन्द्र सिंहले यस कार्यक्रमहरुले विश्वभरका कृत्रिम हात खुट्टा प्रयोगकर्ताहरुलाई पनि हौसला मिल्ने कुराको जानकारी गराए । आलाडाको स्थापना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा प्रयोगको लागि प्रोत्साहन गरेर जीवनमा सहजताको आयाम थप्नु हो ।

आलाडाले कार्यक्रममा यस दिवस सम्बन्धी जानकारी भएको पर्चालाई बेलुनमा राखेर आकाशमा उडाएका थिए । कृत्रिम हात खुट्टाका प्रयोगकर्ताहरुबाट नै बेलुन उडाएर यस कार्यक्रमलाई थप सार्थक बनाइएको थियो ।

आलाडाले अघिल्लो वर्षको स्थापना देखि नै कृत्रिम हात खुट्टा दिवस मनाउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update