चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि बिहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए ।
उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्