गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ । एक सांसद उपस्थित भएनन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित नभएका हुन् । सुरुमा मुख्यमन्त्रीलाई समर्थन गरेका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १५:५३
प्रतिक्रिया दिनुहोस्