NRN
जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने

जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update