कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रहरीले मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जीप शुक्रबार साँझ दुर्घटना हुँदा पाँच जना घाइते भएको जनाएको छ ।
घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका-३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका-४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् । प्रहरीका अनुसार घाइते उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
पाँचै जनाको अवस्था मध्यम रहेको छ ।
जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका-४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १०:२३
प्रतिक्रिया दिनुहोस्