NRN
धादिङ केन्द्रबिन्दु बनाएर  ३.५ म्याग्नेच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर गएराति ११:२३ मिनेटमा ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक  ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update