NRN
विश्‍वकै उत्कृष्ठ '५२' औं स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा  

काठमाडौँ । ठमेलस्थित 'एलओडी' क्लब यसवर्ष पनि 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट कल्बको ५२ औँ स्थानमा परेको थियो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।

टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ ।

मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'इट्स कुल लेट्स गो' मा क्लिक गर्नुपर्छ ।

प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ ।

एलओडी डिजे म्याग टप १०० को छनौटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए । सय क्लबको छनौटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रका लागि केही गर्न सक्न जाने सन्देश जाने धारण व्यक्त गरे । 

'एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ,’ कुँवर भन्छन,' सन् २०२२  टप १०० को एलओडी ५२ स्थानमा परिसकेको छ । क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौ । यसपटक पनि राम्रो स्तरमा पर्न सक्ने गरी काम गरिरहेका छौ ।'

पुनः उत्कृष्ट क्लबमा पार्न सबै जनाको साथ आवश्यक रहेको उनले प्रस्ट पारे । रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उनको भनाइ छ ।

५२ औ स्थानमा परिसकेपछि मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्को कुँवरको भनाइ छ । सन २०२३ मा टप १०० मा क्लब पर्न सकेमा स्वदेशी तथा विदेशी क्लबका पारखीको संख्या बढ्ने उनले बताए ।

पछिल्लो समय क्लबका कारण रात्रीकालीन व्यापार व्यवसाय गर्नेलाई सहज भइरहेको उनले सुनाए । पर्यटकीय क्षेत्र ठमेलमा भाडाका सवारीसाधनको आम्दानीको स्रोत बढिरहेको उनले उल्लेख गरे । ‘क्लबले सयौँलाई रोजगारी प्रदान गरेको छ,’ कुँवरले अगाडि थपे,’ क्लक खुलेपछि साना व्यवसायीको संख्या बढेको छ । मृत गल्लीलाई जाग्नेसमेत बनाएका छौ ।‘

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update