NRN
सिन्धुली कारागारमा एक थुनुवा कैदीको मृत्यु

सिन्धुली कारागारमा एक थुनुवा कैदीको मृत्यु भएको छ । बुधबार राती दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका छोरा २७ वर्षीय विमल मगरको सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति कारगारमा रहेका कैदीहरुसंग बेलुकी देउसी खेलिसकेपछि खाना खाएर सुतेका उनी एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मगरका मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । प्रहरीले मगरका मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update