NRN
एकदिवसीय विश्वकप उपाधिका लागि  २० वर्षपछि आज भारत र अस्ट्रेलिया भिड्दै

आज एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल खेल सुरु हुनेछ ।सेमिफाइनलमा भारत न्युजिल्याण्डलाई र अष्ट्रेलिया दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनल पुगेका हुन् । आठपटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म पाँचपटक विश्वकप जितेको छ ।

चारपटक फाइनल खेलेमा पुगेकाे भारतले दुईपटक उपाधि चुमेको छ । 

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएका छन् । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठपटक अष्ट्रेलियाले र पाँच पटक भारतले जितेको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update