नेपालले जापानलाई ११६ रनको लक्ष्य
चार देशीय महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।
नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन् । उनले ५१ बलमा ३ चौका प्रहार गरिन् भने रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन् । कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन् ।
लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि आज जापानसँग खेलिरहेको छ।लिग चरणमा नेपालले जापानलाई ६७ रनले हराएको थियो।
सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० ०९:५७
प्रतिक्रिया दिनुहोस्