महिला टी-२० शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा
चार देशीय महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हाँसिल गरेको छ। हङकङ क्रिकेट क्लबको मैदानमा आइतबार बिहान भएकाे खेलमा जापानलाई ४५ रनले हराउँदै नेपालले तेस्रो स्थान हाँसिल गरेको।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।
लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको थियो। सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।
आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन्।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १०:१७
प्रतिक्रिया दिनुहोस्