नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ र ५४ पैसाकायम गरीएकाे छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा कायम गरीएकाे छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ ४ पैसामा काराेबार भइरहेकाे छ ।
यस्तै, आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।