NRN
भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन

भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।

अष्ट्रेलियाले आइतबार भएको १३ औँ संस्करणको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठौंपटक एक दिवसीय विश्वकप जितेको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले पनि अविजित ५८ रन जोडे। यी दुईबीच १९५ रनको साझेदारी भयो ।

त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका छन् । भारत तेस्रोपटक र अस्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयाशमा रहेको छ । अस्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो । भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए ।

हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update