NRN
बढ्याे युरोपियन युरोसँगै क्यानेडियन, अस्ट्रेलियन र अमेरिकी डलरकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशि मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर,क्यानेडियन डलर,अस्ट्रेलियन डलर र युरोपियन युरोको मूल्य भने बढेकाे छ । 

अघिल्लो दिन एकको खरिदमा १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसामा काराेबार भएकाे डलर आज एकको खरिदमा १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा पुगेको हो। 

त्यस्तै, क्यानेडियन डलरको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढ‍ेको छ। सोमबार क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९० पैसा र बिक्रीमा ९७ रूपैयाँ ३३ पैसा तोकिएको थियो। आज डलर एकको खरिदमा ९७ रूपैयाँ र बिक्रीदर ९७ रूपैयाँ ४३ पैसा तोकिएको छ भने आज अस्ट्रेलियन डलर एकको भाउ पनि ६४ पैसाले बढेको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५६ पैसा तोकिएको छ। 

त्यसैगरी, सोमबार एकको खरिदमा १४५ रूपैयाँ दुई पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसा तोकिएको युरो ३३ पैसाले बढेर आज युरो एकको खरिददर १४५ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४६ रूपैयाँ ०१ पैसा पुगेको छ। 

युएई दिराम एकको खरिदमा आज ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५१ पैसा र बिक्रीमा २८ रूपैयाँ ६३ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६२ पैसा पाइन्छ। अघिल्लो दिनको तुलनामा आज दिनारको मूल्य ४७ पैसाले बढेको हो। सोमबार कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २० पैसा र बिक्रीदर ४३३ रूपैयाँ १५ पैसा थियो।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबारको लागि ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।आज कतारी रियाल एकको खरिदमा भने ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। 

त्यसैगरी आज बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update