माछापुच्छे बैंकको अध्यक्षबाट महतोले दिए राजीनामा
- राजन घिमिरे
माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् ।
उनी गैर आबासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष समेत हुन् । महतोले सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् ।
बैंक सञ्चालक समितिले महतोको राजीनामा पनि स्वीकृत गरिसकेको छ । यसैबीच रिक्त पदमा बैंकले सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० २०:०७
प्रतिक्रिया दिनुहोस्