NRN
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले गत मङ्सिर ५ गते सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतका लागि न्यायाधिश नियुक्त गर्ने निर्णय गरेको थियो ।।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update