बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।
विहीबार बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राप्ती नगरपालिका वडा नं.–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० १४:१२
प्रतिक्रिया दिनुहोस्