NRN
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते

गएराति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेकाे जनाएको छ । । 

घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update