NRN
प्रधानमन्त्री 'प्रचण्ड' कोप २८ मा सहभागी हुन बुधबार यूएई जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन बुधार यूएई जाने भएका छन् ।

नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार राति साढे ८ बजे प्रधानमन्त्री 'प्रचण्ड' त्यसतर्फ जान लागेका हुन् । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री 'प्रचण्ड' बुधबार जाने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।

कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने छन् । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् ।

उनी मंसिर १७ गते स्वदेश फर्किने तालिका छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update