नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।
दिउँसो १ बजेका लागि सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”
महासमिति बैठकमा नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक सन्दर्भको प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन । नेता विश्वकर्माका अनुसार आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त भए कोषाध्यक्षले नै र नभएमा सभापति देउवाले प्रतिवेदन प्रस्तुत गर्न कसैलाई तोक्ने छन।
उनका अनुसार कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।