NRN
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । प्रहरीले धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेकाे जनाएको छ ।

मृतक दुई मध्य एकधनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ ।

दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update