NRN
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

बुधबारको बैठकमा सभापति रवि लामिछानेले सांसद रहेका तर केन्द्रीय सदस्य नभएकालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव पेश गरेका थिए । सभापतिको प्रस्तावलाई बैठक पारित गरेपछि सात प्रदेशका सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । बुधबार भएको निर्णयपछि १४ जना सांसद स्वतः केन्द्रीय सदस्य बनेका छन् ।

बुधबार केन्द्रीय सदस्य बढाउन अघि कायम केन्द्रीय सदस्यको संख्या ३८ थियो । उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।

विधान अनुसार रास्वपाको केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update