NRN

- राजन घिमिरे

लामो समयदेखी अष्ट्रेलिया बस्दै आएका सर्जक हुन् राजेश घिमिरे । प्रबासको बसाईमा पनि नेपाली गीत संगीतप्रति लागि पर्दै आएका घिमिरेले अष्ट्रेलियामा बिभिन्न सांगितिक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन् । यिनै सर्जक राजेश घिमिरेले यतिबेला नयाँ गीत पनि बजारमा लेराएका छन् ।

सार्वजनिक गीतमा राजेशकै स्वर तथा संगीत रहेको छ। गीतमा राजेश र सविनको शब्द सिर्जना छ । गीतको म्युजिक भिडियोलाई पनि उनैले निर्देशन गरेका छन् ।

सुजना लिम्बु र सव्रिना फिचर्ड रहेको भिडियोमा एक प्रेम जोडीको जीवनमा वैदेशिक यात्राले ल्याउने उतारचढावलाई वियोगान्त शैलीमा निर्माण गरिएको छ । भिडियोलाई हरि हुमागाईं र सौरभ मानन्धरले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update