NRN
अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले गरे एक वर्षमा २० करोड डलर लगानी

- राजन घिमिरे

पछिल्लो समय प्रबासमा रहनु हुने नेपालीहरूले बिभिन्न क्षेत्रहरूमा खुलेर लगानी गर्न थालेका छन् ।

प्रबासमा रेष्टुरेण्ट ब्याबसायदेखी पेट्रोल पम्प हुँदै सपिंग महल लगायत बिबिध पेशा र क्षेत्रमा दर्ह्रो उपस्थिति जनाउँदै आएका प्रबासी नेपालीहरू मध्ये अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले भने घरजग्गा व्यवसायमा राम्रो फड्को मारेको पाईएको छ । अष्ट्रेलियामा घर जग्गा लगानी क्षेत्रमा सातौँ ठूलो लगानीकर्ताका रूपमा नेपालीहरू अगाडि देखिएका छन् । घर–जग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको पाइएको छ ।

अष्ट्रेलियाको विदेशी लगानी नियामक निकाय ट्रेजरी डिपार्टमेन्टले सार्बजनीक गरेको प्रतिबेदनमा जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नपालीहरुले २० करोड डलर लगानी गरेका छन् । उक्त एक वर्षको अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा सातौं ठूलो लगानी नेपालीहरुको रहेको उल्लेख छ । ट्रेजरी डिपार्टमेन्ट अष्ट्रेलियाको विदेशी लगानी नियामक निकाय हो ।

प्रतिबेदनमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा ठूलो लगानी नेपालको छ ।  अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपाल पछाडि इन्डोनेसिया, बेलायत र मलेसिया रहेको उल्लेख गरिएको छ ।

यसैबीच पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घर–जग्गा कारोबारका लागि नेपालीले गरेको २८१ वटा प्रस्ताव पास भएको प्रतिवेदनमा उल्लेख छ ।  पछिल्लो तीन महिना (२०२३ को अप्रिल, मे र जुन) मा मात्र अष्टेलियाको घरजग्गा व्यवसायमा नेपालीले १० करोड डलर लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा मात्र नेपालीहरुको घर–जग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको छ ।

सन् २०२१÷२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले ०.१ अर्ब डलर (१० करोड डलर) लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्टेलियाको घर–जग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा जनाइएको छ । 

स्रोत : बिभिन्न मिडियाहरू…

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update