NRN
सुनको मूल्य बढेर १ लाख २१ हजार नाघ्दा चाँदी भने स्थिर, ताेलाकाे कति ?

नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार आज पनि सुनको मूल्यले तोलामा १ लाख २१ हजार नाघेर नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख २१ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार मंसिर १७ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १५ सय ४५ रुपैयाँ काराेबार भएकाे चाँदी साेहि मूल्यमा काराेबार भइरहेकाे छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update