NRN
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए । 

पदाङ खोज एवम् उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, “त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।”

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ । उनका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो ।

ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update