NRN
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष न्यायाधीशमा टेकनारायण कुँवर, सदस्य न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई शपथ ग्रहण गराएका हुन् ।

उनीहरूलाई मंसिर ५ मा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यमा नियुक्ति सिफारिस गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update