NRN
महामन्त्री विश्वप्रकाश शर्मा : अहिले सरकार फेरबदलको कुरा भएको छैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् ।

मङ्गलबार नेपाल प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले सरकारको फेरबदलको गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताएका हुन्।

पत्रकार सम्मेलनमार्फत अहिले सरकार फेरबदलको कुरामा जताततै टिप्पणी भइरहेको तर गठबन्धन र नेपाली कांग्रेस पार्टीमा यस विषयमा कुनै कुरा नभएको उनले स्पष्ट पारे । महामन्त्री शर्माको पार्टीबाट पठाएका मन्त्रीको कमी कमजोरीलाई आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाट नै हुनुपर्ने धारणा थियो ।

नेपाली कांग्रेस सरकारमा भए पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको महामन्त्री शर्माको भनाइ रहेको छ । उनले भने,  “निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको छ ।”  

महामन्त्री शर्माले सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलतको खवरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने प्रतिवद्धता समेत जनाएका छन् । 

पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर निति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै महा समितिको अधिवेशनमा नेतृत्वको चयनभन्दा पनि निति बनाउने चिन्ता पार्टीका नेताहरुमा हुनुपर्नेमा जोड दिएका छन् । उनी भन्छन्, “मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update