NRN
अनेरास्ववियुद्वारा एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन

नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेकाे छ । अनेरास्ववियुले लैनचौरस्थित एनसेल कार्यालयमा एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएकाे भन्दै प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका थिए । उनीहरुले माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर जस्ता नारा लेखिएका प्ले प्लेकार्ड बोकेका थिए ।

एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो । अहिले कर छलीको आंशकाकाे विषय चाैतर्फी रुपमा विवादित बनेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update